३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


आत्मघाती गोलमा युभेन्ट्सको जित


234
Shares

काठमाडौं । लोरेन्जो भेनुटीको आत्मघाती गोलमा युभेन्ट्सले कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनालाई १–० ले हराएको छ ।

बुधबार राति भएको खेलमा फियोरेन्टिनाका भेनुटीले खेलको इन्जुरी समयमा आत्मघाती गोल गरे र यो नै निर्णायक गोल रह्यो ।

जितसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

दुई टोलीबीचको दोस्रो लेग युभेन्ट्सको मैदानमा २० अप्रिलमा हुनेछ ।