
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी एउटा सामान्य अनुदान सम्झौता हो त्यसलाई अनावश्यक गिजोले बाँदरले झैं घाउ बनाएको बताउनुभएको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष भट्टराईले एमसीसी एउटा सामान्य अनुदान सम्झौता हो त्यसलाई अनावश्यक गिजोले बादरले झैं घाउ बनाएको बताउनुभएको हो ।
उहाँले -‘यो एउटा अनुदान मात्र थियो तर गिजोलेर यस्तो बनाइयो, बाँदरको सानो घाउ जस्तै कन्याउँदा कन्याउँदा क्यान्सरको डर भयो’, भन्नुभयो ।
भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको जिकिर गर्नुभयो । गाउँघरमा पनि साहुसँग ऋण लिँदा तमसुकको भाषाले घोच्ने भन्दै भट्टराईले एमसीसी सम्झौतामा पनि केही घोच्ने भाषा रहेको स्वीकार गर्नुभयो ।
अहिले एमसीसीको विरोधमा रहेका पूर्वप्रधानमन्त्रीका पालामा कुनै न कुनै रुपमा एमसीसी स्वीकार गरिएको उहाँले अहिले विरोध गर्नुको मात्र अर्थ नहुने टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्