 
	    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताउनुभएको छ ।
शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले गरेको अन्तरक्रियामा उहाँले एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गरेको अवस्थामा आर्थिक रुपमा जोखिम र संकट पैदा हुन सक्ने पाण्डेले बताउनुभयो ।
अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने उहाँले बताउनुभयो । नेपालमा धेरै रेमिट्यान्स भित्रिने मुलुकहरुसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उहाँले ती मुलुकहरुसँग अमेरिकाले नेपालबारे असहमति राखेको खण्डमा संकटमा फस्न सक्ने तर्क गर्नुभयो ।
उपाध्यक्ष पाण्डेले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्रको सम्बन्धमा हेलचेक्र्याइँ गर्न नहुने बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्