Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


कलाकारको निधनपछि श्रद्धाञ्जली सभाको लागि मन्त्रालयले स्थान व्यवस्थापन गर्छ : मन्त्री आले


208
Shares

काठमाडौं, फागुन १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय कलाकारहरुको निधनपछि श्रद्धाञ्जली सभाको लागि मन्त्रालयले स्थान व्यवस्थापन गर्ने बताउनु भएको छ ।

बिहीबार वरिष्ठ लोक गायक तथा अभिनेता जयनन्द लामाको श्रद्धाञ्जली सभामा श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री आलेले आगामी दिनमा राष्ट्रिय कलाकारहरुको निधनपछि श्रद्धाञ्जली अर्पण गर्नको निमित्त मन्त्रालयले छलफल गरेर स्थानको व्यवस्थापन गर्ने बताउनु भएको हो ।

उहाँले देशमा भएका विकृतिहरुलाई चिरेमात्रै कलाकार लामाप्रतिको सच्चा श्रद्धाञ्जली हुने पनि बताउनुभयो । मन्त्री आलेले गायक तथा अभिनेता लामाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवाजनप्रति समवेदनासमेत प्रकट गर्नुभयो ।

गायक लामाको फागुन ११ गते बुधबार बिहान आफ्नो निवास भक्तपुरमा कारबाट लडेर निधन भएको थियो । अहिले गायक लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीको लागि राष्ट्रिय नाच घरमा राखिएको छ । बिहीबार नै उहाँको पार्थिव शरीर अन्येष्टि गरिने छ ।

Skip This