
काठमाडौं, फागुन १७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले ट्वेन्टी–२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् ।
थाइल्यान्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप क्रिकेटको पहिलो खेलमा मलेसियाविरुद्ध दुई विकेट लिँदै सन्दीपले शनिबार १०० विकेट पूरा गरेका हुन् ।
योसँगै सन्दीपले टी–२० मा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । सन्दीपले आफ्नो पहिलो ओभरमै दुई विकेट लिए ।
सन्दीपले करियरको १०० विकेट पूरा गर्नेक्रममा नेपालबाट १८ खेलमा ३० विकेट लिएका छन् ।
सन्दीपले बाँकी विकेट भने विभिन्न ‘फ्रेन्चाइज’ क्रिकेट लिगमा लिएका थिए । सन्दीपले ५६ फ्रेन्चाइज क्रिकेटमा ७१ विकेट लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्