Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


‘स्पिन्ज एक्टिभ गर्ल’ मा १० हजार बढी सहभागि


0
Shares

काठमाडौं । ‘स्पिन्ज एक्टिभ गर्ल–२०२०’ प्रतियोगिताका अन्तिम चरणका खेलहरु सकिएका छन् ।  काठमाडौंका १६ वटा प्रतिष्ठित कलेजका दश हजार बढी विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा प्रतिस्पर्धीहरुको जीवनप्रतिको दृष्टिकोण र परिणामका आधारमा मूल्यांकन गरिएको थियो ।

प्रत्येक कलेजबाट चयन गरिएका १६ जना विजेताहरुले अन्तिम चरणको प्रतिस्पर्धामा एक अर्काको सामना गराइयो ।

समारोहमा केभिन केयरको तर्फबाट नेपालका कन्ट्रि मेनेजर अमित गुप्ता, दयाल ट्रेडिङ्ग कम्पनीका निर्देशक राजिव शाह, इन्टरनेशनल बिजनेसक ासिनियर ब्राण्ड मेनेजर शसांक मुतालिक र डिजिटल मार्केटिङ्गका असिस्टेन्ट मेनेजर जननी अइयरको उपस्थिति थियो ।

आजका नारीको साहसप्रतिको स्वतन्त्र भावना र प्रेमको उत्सवका रुपमा मनाउँदै आएको स्पिन्जले सफल महिलाहरुको सम्मान स्वरुप फिनालेका अवसरमा एशियन गेम्स २०१९ का विजेता महिलालाई पुरस्कृत पनि गरिएको थियो ।