Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


रवीन्द्र पत्नी विद्या भट्टराई भन्छिन् : ‘यो एकबर्ष रोएरै बिताए’ (अन्तरवार्ता)


0
Shares

काठमाडौं । तत्कालीन पर्यटनमन्त्री तथा नेकपा नेता रवीन्द्र अधिकारी पत्नी तथा सांसद विद्या भट्टराईले हेलिकोप्टर दुर्घटनामा परी निधन भएका श्रीमानले आफूलाई सँधै उत्प्ररित गर्ने बताएकी छन् ।

गतबर्षको फागुन १५ गतेको दिन सम्झदै उनले भनिन्, ‘रवीन्द्र यात्रामा हिड्ने दिन सँधै ‘शुभयात्रा’ भन्ने गर्थें, त्यो दिन शुभयात्रा भन्न भ्याइन ।’

ताप्लेजुङ यात्रामा जाने दुई दिन अघि मुटुको उपचार गरेका रवीन्द्रलाई नै आफूले जीवनमा पहिलोपटक प्रेम गरेको बताइन ।

‘यद्यपी, हामी दुवै एक आपसमा अत्यन्तै प्रेम गर्दथ्यौं, रवीन्द्र श्रीमान भन्दा पनि मेरा साथी थिए, अत्यन्तै माया गर्थे’, विद्याले भनिन्,‘ कतिसम्म भने पहिलो सन्तान जन्मिने बेला अस्पतालमा सुत्केरी वेथा लागेको बेला मलाई प्रशव पीडामा म भन्दा धेरै उहाँ रुनुभयो र टेष्ट ट्यूब बेबी जन्माउने कल्पना गर्नुहुन्थ्यो ।’

रवीन्द्र एक स्पष्ट भिजन भएको नेता भएको बताउँदै विद्याले भनिन,‘वाइड बडी प्रकरणमा उहाँमाथि आरोप लगाइएको छ, सत्यतथ्य नबुझी आरोप लगाउनुभन्दा पनि स्पष्ट छानविन चाहीं हुनुपर्छ ।’

रवीन्द्रलाई सम्झदै उनी भन्छिन, ‘म भ्रममा बाँच्न चाहन्छु, किनकी रवीन्द्र हुनुहुन्न भन्दा मलाई पीडा हुन्छ, स्वर्गीय भनेर सम्बोधन गर्दा मलाई पीडावोध हुन्छ ।’

‘हिजोआज म उहाँसँगै हिडिरहेको सपना देख्नेगर्छु, अहिले हुनुहुन्न भन्ने नै लाग्दैन’, उनले रवीद्र विनाको एक बर्ष सम्झदै भनिन,‘मैंले यो एक बर्ष धेरै रोएर विताएँ ।’

गत साल १५ फागुन २०७५ मा ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका रवन्द्रको विहीबार मात्र प्रथम स्मृतिमा कार्यक्रमहरु आयोजना भएका छन् ।