
काठमाडौं, फागुन १५ । दोस्रो मदन भण्डारी स्मृति ठमेल रोड रेस प्रतियोगिता यही फागुन २४ गते हुने भएको छ ।
नेपाल भ्रमण वर्षलाई सघाउ पुग्नेगरी आयोजना गर्न लागिएको प्रतियोगितामा १५ सय स्वदेशी खेलाडीले भाग लिने आयोजक रन क्लब नेपाल तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनाएको छ ।
प्रतियोगितामा पाँच किलोमिटर विद्यालयस्तरीय, खुला पुरुष र महिला तथा भेट्रान गरी तीन स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
खुलातर्फको विजेताले २५ हजार, भेट्रान विजेताले १० हजार र विद्यालय विजेताले १५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउन सफल धावक जीतबहादुर केसी र दक्षिण एसियाली खेलकुदमा पदकमाथि ‘ह्याट्रिक’ गर्न सफल म्याराथन धावक बैकुण्ठ मानन्धरले पनि प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्