Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


समयमै निर्वाचन नगराउन प्रधानन्यायाधीशमाथि महाअभियोग : महासचिव पोख्रेल


130
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले समयमै निर्वाचन गर्न नदिन सरकारले प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता गरेको आरोप लगाउनुभएको छ ।

एमाले सर्लाहीको आठौं जिल्ला अधिवेशन उद्घाटनमा महासचिव पोख्रेलले एमालेको दवावका कारण समयमै हुन लागेको स्थानीय निकायको निर्वाचन नगर्न कोशिस भइरहेको आशङ्का गर्नुभयो ।

एमाले सरकारले गरेका विकास निर्माणका गतिविधि देखेर जनता एमालेप्रति आकर्षित भएको भन्दै महासचिव पोख्रेलले जनता वैशाख ३० गते स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।

मधेशमा कम्युनिष्ट पार्टी चिनाउने काम एमालेले गरेको दाबी गर्दै पोख्रेलले अघिल्लो निर्वाचनमा मधेश प्रदेशमा निर्वाचनको प्रचार–प्रसार गर्न नपाउँदा पनि आफूहरूले ४० प्रतिशत स्थानीय निकायमा जित हासिल गरेको भन्दै उहाँले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।