२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


तस्करीको ३६ तोला सुन प्रहरीबीच बाँडचुँड, इन्स्पेक्टरसहित १६ प्रहरी नियन्त्रणमा


0
Shares

काठमाडौं । तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरीमाथि छानबिन सुरु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्स्पेक्टर खेम नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई बुधबार पत्राचार गरेको छ ।

प्रहरीको प्रारम्भिक छानबिनमा सुन लुकाएको पुष्टि भएपछि ती प्रहरीमाथि अख्तियारले छानबिन अघि बढाएको हो ।

ती प्रहरी बहाल रहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नाश गर्न सक्ने वा अनुसन्धानमा बाधा पुर्याउने आधारमा उनीहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको आयोगले जनाएको छ ।

निलम्बनपछि उनीहरुलाई हिरासतमै लिएर अनुसन्धान अघि बढाउने आयोगको तयारी छ ।

गत पुस ११ मा केरुङबाट नेपाल आउँदै गरेको सवारी जाँचका क्रममा ना. ६ ख ४९३२ नम्बरको कन्टेनरमाथि प्रहरीले खानतलासी गर्दा चालक फुर्वा तामाङको साथबाट चार सय २२ ग्राम सुन बरामद गर्यो ।

तर, बराम गरिएको सुन कानुनी प्रक्रियाका लागि राजस्व अनुसन्धान विभागमा पठाउनुपर्नेमा ती प्रहरीले आसपासमा बाँडेर लिएका थिए । नयाँ पत्रिका दैनिकबाट ।