
काठमाडौं, फागुन १४ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपका ‘ब्रान्ड एम्बेस्डर’ नियुक्त भएका छन् ।
अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले सहकार्यको घोषणा गर्दै ग्लोबल एनपीएसपीको पहिलो सेफर च्वाइस अवार्ड विजेता गाडी एक्सयुभी थ्री हन्ड्रेड पारसलाई हस्तान्तरण गरे ।
पारस यो ग्रुपको डिस्ट्रिब्युटरसिप रहेको मोटरसाइकलको यसअघि नै ब्रान्ड प्रवर्द्धक रहिसकेका छन् ।
१२ वर्षअघिदेखि यो ग्रुपसँग जोडिएका पारसले गाडी पाएसँगै खुसी व्यक्त गरे ।
उनले आफ्नो पेसागत कारणले पनि एसयुभी गाडी सधैं प्राथमिकताको सूचीमा परेको बताए ।
प्रतिक्रिया दिनुहोस्