Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७६’ हुँदै


0
Shares

काठमाडौं, फागुन १४ । ललितपुर उद्योग वाणिज्य संघले आउँदो चैत २६ देखि ३० गतेसम्म ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७६’ गर्ने भएको छ ।

ललितपुरको पुल्चोकस्थित मदन स्मारक स्कुल प्रांगणमा यो मेलाको आयोजना हुनेछ ।

ललितपुरमा उत्पादित वस्तुको प्रवर्द्धन तथा विदेशी उत्पादनको बजारको रुपमा ललितपुरलाई विकास गर्ने उद्देश्य रहेको यस मेलामा १२० ओटा स्टलहरु रहनेछन् ।

जसमा ८० ओटा स्टल नेपाली वस्तुका रहनेछन् भने ४० ओटा स्टलमा भारत, पाकिस्तान, बंगलादेश, भुटानलगायत देशहरुको उत्पादन रहनेछ ।

मेला अवधिभर ललितपुरको कला, संस्कृति, गीत–संगीतका साथै नेवार परिकारहरुको फुडस्टलको व्यवस्था रहने जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा गराइएको छ ।

ललितपुर महानगरपालिकासँगको सहकार्य तथा इन्ट्रोडक्सन ट्रेड शो नेपालको व्यवस्थापनमा यो मेला आयोजना हुँदैछ ।