Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


बन्धक बनाएर रातभर बलात्कार


2.5k
Shares

बैतडी । जिल्लाकी एक महिलालाई बन्धक बनाएर रातभर बलात्कृत गरिएको खुलासा भएको छ ।

बलात्कारपछि पीडित पक्षले बिहीबार मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ ।

आरोपित नेगी फरार रहेको र खोजी कार्य भइरकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

‘नेगीविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरिसकेको र जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ,’ खड्काले भन्नुभयो, ‘हामी खोजीकार्यमा जुटिसकेका छौं ।’

गत माघ २४ गते मेलौली नगरपालिकाको केन्द्रमा रहेको एनसीसी बैंकबाट अपांगता भएकी चार बर्षीया छोरीको बालपोषण भत्ता लिएर घर फर्किने क्रममा उनीमाथि मेलौली नगरपालिका–१ को द्वारशैनीमा बलात्कार भएको पीडितका आफन्तले बताएका छन् ।

सुस्त मनस्थिति ती महिला घर फर्किने क्रममा साँझ पाँच बजे मदिरा सेवन गरेका नेगीले जबरजस्ती गोठमा लगेर रातभर बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित महिलाको छाती, गाला र शरीरका विभिन्न भागमा चोट लागेका छन् ।

पीडित महिलाका एक छोरा र एक बोल्न तथा हिँडडुल गर्न नसक्ने छोरी छन् । श्रीमान् पनि घरमै रहेको आफन्तले बताएका छन् । आरोपित नेगी पनि विवाहित हुन् ।