Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


नेपाल बन्दको प्रभाव न्यून,लामोदुरीका यातायात र शैक्षिक संस्था बन्द


2.4k
Shares

काठमाडाै‌ । एमसिसी सम्झौता विरुद्ध विभिन्न दलहरुले बुधबार आह्वान गरेको नेपाल बन्दको प्रभाव न्यून देखिएको छ । उपत्यकामा नियमित झैं सार्वजनिक तथा निजी सवारी साधन चलेका छन् भने बजार पनि खुलेको छ ।

काठमाडौंबाट बाहिर जाने लामो दुरीका गाडीहरु निकै कम मात्रामा सञ्चालन भएका छन् ।

प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा एमसिसी टेबल हुने खबर सार्वजनिक भएपछि मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चाले देशव्यापी बन्द आह्वान गरेका हुन् ।

उपत्यकामा बिहानैदेखि ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । राजधानीका सडकका चोक चोकमा दङ्गा प्रहरीहरु तैनाथ गरिएको छ । शैक्षिक संस्थाहरुमा भने बन्द आहवनको सवैभन्दा ठूलो मार परेको छ ।

अधिकांश विद्यालय तथा कलेजहरुले बुधबार छुट्टी दिएका छन् । प्रहरीले करिब २ दर्जन बन्दकर्तालाई उपत्यकाबाट पक्राउ गरेको छ ।

सरकारले हिजो नै तीन वटै सुरक्षा निकायहरुसंग एमसीसी टेबल भएपछि उत्पन्न हुनसक्ने अराजकताको विषयमा छलफल गरेको थियो भने गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उच्च सतर्कता अपनाउन निर्देशन दिईसकेको छ ।