
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई पराजित भएको छ ।
गएराति आफ्नै मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले वेष्टह्यामलाई ३–२ ले हरायो ।
लिभरपुलका लागि जर्जिनियो वहाल्दुम, मोहोमद सालाह र सादियो मानेले एक एक गोल गरे ।
वेष्ट ह्यामका इसा डियोप र पाब्लो फोर्लानले दुई गोल फर्काए । जितसँगै लिभरपुलले प्रिमियर लिग फुटबलको अंक तालिकामा फेरि २२ अंकको अग्रता लिएको छ ।
प्रिमियर लिग फुटबलको उपाधि जित्न लिभरपुललाई अब बाँकी रहेका ११ मध्ये ४ खेल मात्रै जिते पुग्छ । २७ खेलबाट उसको ७९ अंक छ ।
समान खेलबाट ५७ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।
५० अंकसहित लेष्टर सिटी तेस्रो तथा ४४ अंकसहित चेल्सी चौथो स्थानमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्