Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


कांग्रेसभित्र व्यक्तिवादी सोच मत्थर हुँदै गएको छ : महत


0
Shares

नुवाकोट, फागुन १२ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीका नेताको व्यक्तिवादी सोचलाई आम कार्यकर्ताले नकारेपछि कांग्रेसभित्र व्यक्तिवादी सोच मत्थर हुँदै गएको बताएका छन् ।

नुवाकोटको आदर्श बहुमुखि क्याम्पसको बार्षिक उत्सव कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै नेता महतले व्यक्तिगत स्वतन्त्रताको परिधिलाई पार गर्दै बेलाबखत पार्टीभित्र देखिने नेताको व्यक्तिवादी चरित्रलाई आम कार्यकर्ताले नामन्जुर गरेपछि नेताहरु विस्तारै सच्चिँदै गएको बताए ।

उनले पार्टीको विचार र विधानविरुद्ध गई आफू अनुकूलको व्यक्तिवादी चरित्र प्रदर्शन गर्ने नेतालाई विचार र पार्टीलाई केन्द्रविन्दुमा राख्न अघि बढ्न खबरदारी गरेपछि व्यक्ति केन्द्रित सोच मत्थर हुँदै गएको प्रष्ट पारे ।

मुलुकमा बढ्दै गएको महङ्गी, अनियमिता, भ्रष्टाचारविरुद्ध आम जनतालाई जानकारी दिन चाँडै काँग्रेस सडकमा उत्रिने नेता महतको भनाइ थियो ।