
काठमाडौं । ओमानमा जारी चार देशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ ।
खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार पौने बाह्र बजे सुरु हुनेछ ।
आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप भइरहेको यस सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई हराएको थियो । त्यही लय कायम राख्दै प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ । यूएई भने सिरिजमा पहिलो खेल खेल्दैछ ।
शुक्रबारै तय भएको युएई र आयरल्याण्डको खेल प्राविधिक कारणले हुन सकेन र आइतबारको लागि सारिएको छ ।
नेपालसहित चारै टोली ग्लोबल क्वालिफायर खेल्दैछन् र त्यसैको तयारीका रुपमा सिरिज खेल्दैछन् । नेपालले अन्तिम खेल सोमबार आयरल्याण्डसँग खेल्नेछ ।
नेपालले दुई वर्षपछि यूएईसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
अष्ट्रेलियामा आगामी अक्टोबर÷नोभेम्बरमा हुने विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपाली टोली चार देशीय सिरिजमा राम्रो प्रदर्शन गर्दै ग्लोबल क्वालिफायरका लागि तयार रहने लक्ष्यमा छ ।
प्रतिक्रिया दिनुहोस्