Logo २० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026


पशुपतिनाथ मन्दिर आजबाट सर्वसाधारणको लागि खुल्यो

स्वास्थ्य मापदण्ड पालना गरेर दर्शन गर्न पाइने

143
Shares

काठमाडौं । हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर सर्वसाधारणको लागि आज शुक्रबारबाट खुलेको छ ।

कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबारबाट दर्शनार्थी र भक्तजनका लागि खुला भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोना भाइरसको तेस्रो लहर बढेपछि माघ ४ गतेबाट मन्दिर बन्द गरिएको थियो ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर आजबाट मन्दिर खोलिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख छ ।