
काठमाडौं । बामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एमसीसी फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गर्नु भएको छ ।
लामो समयदेखि मौन बस्नु भएका गौतमले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताउनु भएको हो ।
अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्यून रहेको बताउदै उहाँले परियोजनालाई फिर्ता लैजान आग्रह समेत गर्नु भएको छ ।
एमसीसी सम्झौता कार्यान्वयन गरिदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको उहाँले बताउनु भएको हो । विवादित परियोजनाले नेपालको अहित हुने सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अवस्था सिर्जना हुने विज्ञप्तिमा भनिएको छ ।
नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न ।
यस्तो विषम अवस्थामा म नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्