२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


यु–१८ बास्केटबलको उपाधि ह्वाइटहाउस कलेजले जित्यो


0
Shares

काठमाडौं, फागुन ८ । आइआइएमएस पाँचौं १८ वर्षमुनिको राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि ह्वाइटहाउस कलेजले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको फाइनलमा जेभियर इन्टरनेसनललाई पराजित गर्दै ह्वाइटहाउसले उपाधि जितेको हो । ह्वाइटहाउस ५६–४५ ले विजयी भयो ।

नेपाल बास्केटबल संघले आयोजना गरेको प्रतियोगितामा समृद्धिले तेस्रो स्थान हासिल गर्‍यो । समृद्धिले न्यू जेनिथलाई ७८–६९ ले हराउँदै तेस्रो स्थान ओगटेको हो ।

१२ टिमले लिग कम नकआउटका आधारमा खेलको प्रतियोगितामा ह्वाइटहाउसका विशाल मोक्तान ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।

यही प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बंगलादेशमा जुन–जुलाईमा हुने १८ वर्षमुनिको साबा पुरुष बास्केटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको चयन गरिने आयोजक बास्केटबल संघले जनाएको छ ।