Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


संचारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग


0
Shares

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रतिपक्षी नेपाली कांग्रेसले मन्त्री बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ ।

विहीबार सार्वजनिक भएको विज्ञप्तिमा भनिएको छ–सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारीसंगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ–‘७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा’ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ ।’

त्यस्तै भातृ संगठन नेविसंघले पनि विज्ञप्ति जारी गर्दै मन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ । अध्यक्ष राजिब ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने प्रधानमन्त्री के हेरेर बसिरहनु भएको छ ? प्रधानमन्त्रीले मन्त्री बाँस्कोटालाई तत्काल बर्खात गरी कानुनी कारवाही गरेर आफ्नो बचन पूरा गर्नुहुन्छ कि यसअघिका प्रकरण झैं भ्रष्टाचारीको संरक्षकको रुपमा आफूलाई प्रस्तुत गर्नुहुन्छ भनेर नेपाली जनता ध्यानपूर्वक हेरिरहेका छन् ।’