५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


म्यान्चेस्टर सिटी, चेल्सी र टोटनह्याम पाँचौ चरणमा


377
Shares

काठमाडौं । शिर्ष क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको पाँचो चरणमा प्रवेश गरेका छन् ।

गएराति भएको चौथो चरणको खेलमा फुल्हमलाई ४–१ ले हराउँदै म्यान्चेस्टर सिटी पाँचौ चरणमा उक्लिएको हो । सिटीको जितमा रियाद महारेजले दुई तथा इल्केए गुन्डोगान र जोन स्टोन्सले एक गोल गरे । यस्तै, फुल्हमका फावियो कार्भाल्होले एक गोल फर्काए ।

चौथो चरणको अर्को खेलमा चेल्सीले लिग वान क्लब प्लाईमाउथलाई अतिरिक्त समयमा २–१ ले हराउँदै पाँचौ चरणमा उक्लिएको हो । चेल्सीको जितमा कप्तान सिजर एज्पिलिक्वेटा र सव्सिच्युट मिडफिल्डर मार्कोस अलन्सोले एक गोल गरे । यस्तै, प्लाईमाउथका मकाउले गेलेस्फीले एक गोल फर्काए ।

यस्तै, टोटनह्यामले ब्राइटनमाथि ३–१ को जित निकाल्यो । टोटनह्यामको जितमा ह्यारी केनले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । यस्तै, ब्राइटनका यभेस विसोउमाले एक गोल फर्काए ।

गएराति भएका अन्य खेलहरुमा एभर्टनले ब्रेन्टफोर्डलाई ४–१ ले हराउँदा साउथह्याम्पटनले कोभेन्ट्रीलाई २–१ ले, स्टोक सिटीले विगान एथ्लेटिकलाई २–० ले, नरिच सिटीले वुल्भरह्याम्पटनलाई १–० ले तथा वेष्ट ह्याम युनाइटेडले किडरमिन्सटरलाई २–१ ले पराजित गरे ।