२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


चिनियाँ दूतावासको विज्ञप्ति निन्दनीय : पत्रकार महासंघ


0
Shares

काठमाडौं, फागुन ७ । नेपाल पत्रकार महासंघले ‘द काठमाण्डु पोष्ट’मा प्रकाशित समाचारको विषयलाई लिएर काठमाडौंस्थित चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ । 

बुधबार एक विज्ञप्ति निकाली महासंघले दूतावासको विज्ञप्तिमा उल्लेख गरिएका विषयमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल हो भन्दै महासंघले ‘कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत् पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम हुनु आफैंमा निन्दनीय छ’, भनेको छ । 

महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा ‘महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’ भनिएको छ ।