Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


सल्यानमा चट्याङ लागेर महिलाको मृत्यु


0
Shares

काठमाडौं । सल्यानमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

बनगार कुपिण्डे नगरपालिका–७ लामसरा बस्ने ४० वर्षीया रामकली कामीको चट्याङ लागेर बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीको दैनिक समाचार बुलेटिनमा उल्लेख छ ।

घटनाको सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।