३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


एट्लेटिको मड्रिडसँग लिभरपुल पराजित, साउलले गरे निर्णायक गोल


0
Shares

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लिगको खेलमा एट्लेटिको मड्रिडसँग लिभरपुल पराजित भएको छ ।

गएराति भएको खेलमा घरेलु टोली एट्लेटिकोले साविक विजेता लिभरपुललाई १–० गोल अन्तरले पछि पारेको हो ।

एट्लेटिको पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ । खेलको चौथो मिनेटमा साउलले दिलाएको अग्रताले घरेलु टोली दोस्रो लेगमा बलियो अवस्थामा पुगेको छ ।

दोस्रो लेगको खेल मार्च ११ मा हुनेछ । यस्तै गएराति नै भएको अर्को खेलमा ईर्लिङ हालाण्ड प्ररित बोरुसिया डर्टमण्डले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

दोस्रो लेगको खेल पीएसजीको घरेलु मैदानमा मार्च ११ मा हुनेछ । यसैबीच लिभरपुल मुख्य प्रशिक्षक योर्गेन क्लोपले फरवार्ड साडियो मानेलाई चाँडै मैदानबाट निकाल्नु च्याम्पियन्स लिगमा हारको मुख्य कारण रहेको बताए ।

उनले खेलको ४५ औ मिनेटमा मानेलाई मैदानबाट स्थानान्तरण गर्नु टिमको मुख्य हारको कारण रहेको प्रतिक्रिया दिए ।