Logo १ कार्तिक २०८२, शनिबार | Sun Oct 19 2025


क्लास्सिक टेकले ल्यायो “द विग अफर सबै सित्तैमा”


130
Shares

काठमाडौं । नीजि क्षेत्रको देशकैअग्रणी तथा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्ना ग्राहकहरुका लागि द विग अफर ल्याएको छ ।

“द विग अफर सबै सित्तैमा” भन्ने यो अफर अन्तर्गत ग्राहकले छुट, बोनसका साथै डुअल ब्यान्ड फाइभजी राउटर सित्तैमा पाउने छन्।कम्पनीले ल्याएको यो छुट सहितको विग अफर योजना नेपाल मै पहिलो पटक भएको कम्पनीले जनाएको छ
कम्पनीका अनुसार ग्राहकले तोकिएको प्याकेजमा १५ प्रतिशत नगद छुट पाउने छन्। ६ महिना बोनस (३ महिना इन्टरनेट, ३ महिना आइपिटिभी) र फाइभजी डुअल ब्यान्ड राउटर पाउनेछन ।

डुअल ब्यान्ड राउटरमार्फत कम्पनीले दिएको उच्च गतिको स्पिड ग्राहकले वास्तविक रूपमा अनुभव गर्न पाउने पनि कम्पनीले जनाएको छ । यसबाट अनलाइन क्लास, गेमिङ, डाउलोड, भिडिओ कलमा समेत निकै सुधार आउने अपेक्षा कम्पनीको छ ।
कम्पनीले ग्राहकलाई राउटर र फाइबर आफैंले नचलाउन अनुरोध गरेको छ। राउटर र फाइबर जटिल उपकरण भएकाले सोको रिप्लेसमेन्ट कम्पनीले नै गर्ने जनाएको छ ।

कम्पनीको मुख्य उद्धेस्य देशका बिकशित सहरदेखि दुर्गम ग्रामीण भेगहरुमा समेत इन्टरनेटको पहुँच पुर्याउनुका साथै न्युन मूल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको क्लासिक टेकले जनाएको छ ।

क्लासिक टेकको नेपालमा सन् २००९ देखि सेवा सुभाराम्भ गरेको हो । उसले १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ ।