२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अमेरिकन आइडलमा नेपाली, निर्णायकले भने–‘तिमी रकस्टार हौं’


0
Shares

काठमाडौं । नेपालमा मात्र होइन, अमेरिकन आइडलमा समेत यसपालि नेपालीका लागि विशेष हुने भएको छ ।

नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं संस्करणको २० औं उत्कृष्टमा छानिएका छन् ।

संसारभरि नेपाली समुदायमा यसले खुशी ल्याइदिएको छ ।

छानिएका मात्र होइन, आइडलका निर्णायकहरु केटी पेरी, लियोनल रिची र लुक ब्रायनले दिवेशको गायनको उच्च तारिफ गरेका छन् ।

अडिसनकै क्रममा ब्रायनले भने,‘मलाई लाग्छ कि अमेरिकन आइडललमा हामीसँग अहिलेसम्म भएकामध्ये यो ठूलो तारा हुनसक्छ !’

दिवेशका लागि यो नै सबैभन्दा ठूलो ‘कम्प्लिमेन्ट’ थियो । त्यसपछि लियोनल रिची दिवेश उभिएकै ठाउँमा आएर अंकमाल गरे ।

केटी पेरीले भनिन्, ‘तिमी रकस्टार हौं ।’ अमेरिकन आइडलको अडिसनको उक्त भिडियो लाखौंले हेरिसकेका छन् । जुन चौथो ‘टे«न्डिङ’मा छ ।

अमेरिकामा मात्र होइन, विभिन्न देशका प्रतिभावान बीच भिडन्त हुने सोमा दिवेशले अडिसन राउन्टबाटै ‘हलिउड पर्फमेन्स’ को अनुमति पाएका छन् ।

काठमाडौंमा जन्मिएका दिवेश अमेरिकन आइडलमा प्रवेश पाउने संभवतः पहिलो नेपाली हुन । अन्नपूर्ण पोष्ट दैनिकबाट