Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


वन परिसर बबरमहलमा फेकोफनको प्रर्दशन आज पनि जारी


78
Shares

काठमाडौ । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनमा सहभागीलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारले नियन्त्रणमा लिएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)ले नियमावलीको मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै आज बिहान प्रदर्शन गरेको हो ।

फेकोफनका अध्यक्ष भारती पाठकले आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लबमा राखेको जानकारी दिनुभयो ।

प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरुमा अध्यक्ष पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, सचिवालय सदस्य डोलकुमारी सापकोटा, ललितपुर जिल्ला अध्यक्ष प्रेम घिमिरे, उपाध्यक्ष केशवराज गिरी, सिन्धुपाल्चोकका सचिव दयालक्ष्मी श्रेष्ठ, ललितपुरका सहदेव न्यौपाने लगायत छन् ।

सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै फेकोफनले एक साता भन्दा लामो समयदेखि प्रदर्शन गरिरहेको छ ।

महासंघले संरक्षित क्षेत्र विस्तार गर्ने कार्य रोक्न, तेहेरो कर खारेज गर्न, वन पैदावारको उपयोगमा लगाइएको प्रतिबन्ध हटाउन माग पनि गरेको छ ।