३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


राइनो संरक्षण गोल्डकपमा हिमालयन शेर्पाको विजयी सुरुआत


0
Shares

नवलपुर, फागुन ५ । राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता नवलपुरको मध्यविन्दु नगरपालिका–२ मा सुरु भएको छ ।

सोमबार भएको उद्घाटन खेलमा ‘ए’ डिभिजन लिग क्लब हिमालयन शेर्पाले वीरगन्ज युथ क्लबलाई ५–१ ले पराजित गरेको छ ।

हिमालयनको जितमा त्रिदेव गुरुङ, सुरज हमाल, विकास राई, स्टिम ग्यामिर र मानबहादुर तामाङले एक/एक गोल गरे ।

वीरगन्जका कृष्ण शाक्यले एक सान्त्वना गोल गरे ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

विश्वकै दुर्लभ एकसिंगे गैडा संरक्षणका लागि जनसचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १६ वर्षदेखि फुटबल प्रतियोगिता आयोजना गरिँदै आएको छ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छ ।