
झापा, फागुन ५ । झापामा जारी तेस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब सेमिफाइनलमा पुगेको छ ।
सोमबार बेलबारी फुटबल क्लबलाई ३–० ले पराजित गर्दै थ्रीस्टार अन्तिम चारमा पुगेको हो ।
थ्रीस्टारको जितमा सञ्जोग राईले दुई तथा सुशील राईले एक गोल गरे ।
प्रतिक्रिया दिनुहोस्