३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


टोटनह्यामको संघर्षपूर्ण जित, एस्टन भिल्ला पराजित


0
Shares

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्यामले संघर्षपूर्ण जित निकालेको छ ।

गएराती भएको टोटनह्यामले एस्टन भिल्लालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको नवौं मिनेटमा टोबी अल्डरविरेल्डको आत्मघाती गोलबाट एस्टन भिल्लाले अग्रता बनाएको थियो ।

तर, खेलको २७ औं मिनेटमा अल्डरविरेल्डले नै गोल गर्दै टोटनहमलाई १–१ गोलको बराबरीमा ल्याए ।

४५ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटनहमलाई २–१ को अग्रता दिलाए ।

खेलको ५३ औं मिनेटमा ब्जोर्न एन्जल्सले गोल गर्दै घरेलु टोलीलाई २–२ को बराबरीमा फर्काए ।

तर, खेलको इन्जुरी समयमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई ३–२ को जित दिलाए ।

जितसँगै टोटनहमले २६ खेलबाट ४० अंक जोडेको छ ।

टोटनहम लिगको पाँचौं स्थानमा रहेको छ । एस्टन २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।