३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


हिमालयन क्रिकेट लिग: उदघाटन खेलमा जिएचसीए र एचसीए भिड्ने


0
Shares

काठमाडौं । हिमालयन क्रिकेट लिगको उद्घाटन खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमी जिएचसीए र हिमालय क्रिकेट एकेडेमी एचसीए भिड्ने भएका छन् ।

मुलपानी क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटनमा जिएचसीए र एचसीए भिड्ने भएका हुन् ।

आयोजक हिमालय स्पोर्टस् म्यानेजमेन्टले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।

१९ वर्ष मुनिको दुई दिवसीय क्रिकेट प्रतियोगितामा जिएचसीए र एचसीए तथा नेक्सस क्रिकेट एकेडेमी सम्मिलित समूह बीमा नेक्सस क्रिकेट एकेडेमी समेत रहेको छ ।

६ टोलीले सहभागीता जनाएको प्रतियोगिताको समूह ए मा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर, बालुवाटार क्रिकेट क्लब र ओसिस क्रिकेट एकेडेमी रहेका छन् ।

अर्किड कलेजको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको समूह विजेताले फाइनल खेल्ने छन् ।

फागुन १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेता टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।