सिन्धुपाल्चोक, फागुन ४ । नेपाल कम्युनिष्ठ पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपालको अतिक्रमित भू-भाग समेटिने गरी तत्काल नयाँ नक्सा बनाउनु पर्ने बताए ।
सिन्धुपाल्चोकमा शनिबार आयोजित ल्होसार विशेष कार्यक्रममा बोल्दै उनले लिम्पीयाधुरा, लिपुलेक कालापानीलगायतका भूभाग समेटिने गरी नयाँ नक्सा सार्वजनिक गर्नुपर्ने बताए ।
एकै दिन वा एकै वर्षमा नसके पनि सिमा विवाद दीर्घकालिन लडाइँ भएकोले कालान्तरमा कालापानी लगायतका नेपाली भूमि नेपालकै भएर छाड्ने नेता खनालको भनाइ थियो ।
उनले अमेरिकी सहयोग परियोजना एमसीसीसम्बन्धी नेकपा कार्यदलको प्रतिवेदन दश दिन भित्र तयार हुने उल्लेख गरे ।




प्रतिक्रिया दिनुहोस्