Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


हेलिकोप्टरबाट निर्माण सामाग्री ढुवानी


0
Shares

रसुवा । रसुवाका स्थानीय हेलिकोप्टरबाट निर्माण सामाग्री ढुवानी गर्न बाध्य भएका छन् । गोसाँइकुण्ड गाँउपालिका चार लामटाङ तथा क्यान्जीङमा स्थानीयले हेलिकोप्टरबाट भौतिक निमार्णका सामान ढुवानी गर्न थालेका छन् ।

जिल्लाका सबै वडाहरुमा यातायातको पहुँच पुगे पनि अहिलेसम्म सडक यातायातको पहुँच नपुगेकाले चार लामटाङ तथा क्यान्जीङका स्थानीयले भौतिक सामग्रीहरु चर्को ढुवानी शुल्क तिरेर भए पनि सामान ढुवानी गर्न बाध्य भएका हुन् ।

खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरु मानिस तथा खच्चरबाट लैजाने गरिएको भए पनि रड, प्ल्याई, सिमेन्ट जस्ता वस्तुहरु जोखिम मोलेर हेलिकोप्टरबाट लैजान बाध्य भएको स्थानीय फिन्चो तामाङले बताए ।

लामटाङ र क्यान्जिङ स्वदेशी तथा विदेशी पर्यटकहरुको रोजाइको क्षेत्रसमेत रहेकाले स्थानीयले भूकम्पपछिको पुनर्निमार्णमा पक्की आवास निमार्णको काम गरिरहेका छन् ।

खाद्यान्न तथा भौतिक पुनर्निमार्णका सामग्री लैजान असहज तथा बढी भाडा लाग्ने भएकाले लामटाङमा सडक यातायातको पहुँच पुर्‍याउन सरकारसँग स्थानीयले माग गरेका छन् ।