सुर्खेत, फागुन ३ । कर्णाली प्रदेश सरकारले दोस्रो वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।
प्रदेश सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संक्षिप्त प्रतिवेदन पनि सार्वजनिक गरेको छ ।
समारोहमा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विगतमा विभिन्न बाधा भएपनि अब भने विकासको गतिलाई तीव्र पार्ने बताए ।
कानुन बनाउने प्रक्रियामा तीव्रता दिइएको, विभिन्न आयोजनाको टेन्डर आह्वानपछि काम सुरू भएको, प्रदेश गौरवका आयोजनाको ‘डीपीआर’ बनाइरहेको बताउँदै जनअपेक्षाअनुसारका काम गर्न सरकार लागिपरेको उनको भनाइ थियो ।








प्रतिक्रिया दिनुहोस्