Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


संघीय सरकारले साझा सूचीका कानुन समयमा निर्माण नगर्दा कठिनाइ : मुख्यमन्त्री पोखरेल


0
Shares

बुटवल, फागुन ३ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारले साझा सूचीका कानुन समयमा निर्माण नगर्दा काम गर्न कठिनाइ भएको बताएका छन् ।

प्रदेश सरकारको दोस्रो स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम गर्दा साझा सूचीका कानुनको अभाव खट्किएको धारणा राखे ।

शून्य अवस्थाबाट अगाडि बढेकाले दुई वर्षको अवधिमा आइपुग्दा सन्तोषजनक अवस्था रहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

पूरा गर्नुपर्ने दायित्व धेरै रहेकाले अझै तीव्रताका साथ काम गर्नुपर्नेमा उनको जोड थियो ।