Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


‘संघीयता कार्यान्वयन र प्रदेशको विकासमा उल्लेखनीय उपलब्धि’


0
Shares

विराटनगर, फागुन ३ । प्रदेश नम्बर–१ सरकारले सरकार गठन भएको दुईवर्षे कार्यकाल उपलब्धिपूर्ण मानेको छ ।

दुईवर्षे कार्यकालको समीक्षा गर्दै प्रदेशका मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयन र प्रदेशको विकासमा उल्लेखनीय उपलब्धि भएको दाबी गरे ।

उनले दुई वर्षमा ३९ ओटा कानुन निर्माण गर्न सकिएको बताए ।

मुख्यमन्त्री राईले प्रदेशको राजधानी विराटनगर तोक्न सफल भएको भन्दै यस अवधिमा प्रदेश लोकसेवा आयोग, लगानी बोर्ड गठन गरिएको उल्लेख गरे ।

मुख्यमन्त्री राईले प्रदेश नीति तथा योजना आयोग गठन भइ प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गरेर सोहीअनुसार योजनाको दस्तावेज तर्जुमा गरिएको जानकारी गराए ।