बुटवल, फागुन २ । प्रदेश नम्बर–५ सरकारले प्रदेशका गौरवका आयोजनाका लागि नयाँ मापदण्ड बनाएको छ ।
हालसम्म मापदण्डबिना नै प्रदेश गौरवका आयोजना घोषणा गर्दै आएको सरकारले नयाँ मापदण्ड बनाएको हो ।
प्रदेश सरकारले ५० करोड रुपैयाँ लागत र त्यसमाथिका योजनालाई मात्र प्रदेश गौरवका योजनाको रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले शुक्रबार प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड–२०७६ स्वीकृत गरेको हो ।
त्यसका लागि तराई, पहाड र हिमालमा लाभान्वित जनसंख्याको हकमा फरक–फरक लागू हुनेछ ।
सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड–२०७६ मन्त्रिपरिषद्बाट स्वीकृत भएको जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्