४ असार २०८२, बुधबार | Wed Jun 18 2025


पर्वतको कुश्मा नगरपालिका एक साता बन्द हुने


104
Shares

पर्वत । एकैपटक ठूलो संख्यामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पर्वतको कुश्मा नगरपालिकाको सबै सेवा एक साताका लागि बन्द गरिएको छ ।

आइतबार गरिएको एन्टीजेन परीक्षणमा कुश्मा नगरपालिकामा कार्यरत १५ जना कर्मचारी र १ जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि सबै सेवा बन्द गरिएको हो ।

संक्रमित कर्मचारी आईसोलेशनमा बस्नुपर्ने भएकाले अत्यावश्यक बाहेकका सबै सेवा यही माघ १६ गतेसम्म बन्द गरिने कुश्मा नगरपालिकाले जनाएको छ ।