१९ भाद्र २०८२, बिहिबार | Fri Sep 5 2025


दक्ष जनशक्ति नहुँदा भिडियो एक्सरे मेसिन थन्कियो


0
Shares

नवलपुर  । दक्ष जनशक्ति नहुँदा नवलपुरको देवचुली–१ स्थित दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको भिडियो एक्सरे मेसिन त्यत्तिकै थन्किएको छ ।

यो स्वास्थ्य केन्द्रमा उपचार गराउन आउनेहरु भिडियो एक्सरेबाट जाँच गर्न हप्ता दिनसम्म कुर्न बाध्य छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा रेडियोलोजिष्ट नहुँदा भरतपुर अस्पतालबाट दक्ष रेडियोलोजिष्ट मगाई भिडियो एक्सरेबाट जाँच गराउनुपर्ने बाध्यता रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर त्रिभुवन भण्डारीले बताए ।

भरतपुरबाट हप्ताको दुई पटक रेडियोलोजिस्ट आएर एक्सरेको सुविधा उपलब्ध गराउँदै आएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रको आन्तरिक स्रोतबाट ९ लख रुपैयाँको लागतमा भिडियो एक्सरे मेसिन खरिद गरिएको थियो ।