Logo १४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026


यी सवारीमा जोरविजोर प्रणाली लागू नहुने (सूचनासहित)


41.3k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि सवारी साधमा जोरविजोर प्रणाली लागू भएको छ ।

बिहीबार सूचना जारी गर्दै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रशासनहरूले जोर गने जोर नम्बर प्लेट भएका सवारीसाधन र विजोर गते विजोर नम्बर प्लेट भएका सवारीसाधन चल्ने दिने निर्णय गरेको हो ।

शुक्रबार सोही निर्णयलाई प्रस्ट पार्नका लागि भन्दै प्रशासनले अर्को सूचना प्रकाशित गरेको छ । जसमा जोरविजोर लागू नहुने सवारीसाधनहरुको विषयमा पनि प्रष्ट पारेको छ ।

प्रशासन कार्यालयहरुले एम्बुलेन्स, शवबाहन, दमकल, औषधि र स्वास्थ्य सामग्री बोकेका सवारीसाधनमा जोरविजोर प्रणाली लागू नहुने स्पष्ट पारेको छ ।

ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपंक्षीका दाना एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारीसाधनमा पनि जोरविजोर प्रणाली लागू नहुने भएको छ । तर यी सवारीहरुमा चालक र सहचालक मात्र सवार हुनुपर्नेछ ।

त्यसैगरी, निर्माण सामग्री बोक्ने सवारी साधन, परिचयपत्रका आधारमा सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थान, बैंक, बीमा, बित्तीय संस्था, वायुसेवा कम्पनी, डाक तथा कुरीयर सेवा, दूरसञ्चार सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरविजोर प्रणाली लागू हुनेछैन ।

त्यसैगरी, सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास, पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गर्ने, सरकारी र कुटनीतिक नियोगका सवारी साधनमा जोरविजोर प्रणाली लागू नहुने प्रशासनहरुद्वारा जारी सूचनामा उल्लेख छ ।