काठमाडौं, फागुन १ । सरकारले पुरातात्विक सम्पदा नस्ट गर्नेहरुलाई कारबाही गर्ने बताएको छ ।
सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ठेकेदारले हिति नस्ट गरेको भए जरिवाना र पुरातात्विक ऐनअनुसार कारबाही हुने बताए ।
पर्यटन र सम्पदा सदाकालको लागि भएको भन्दै उनले पर्यटन विकासको लागि पनि सम्पदाको संरक्षण गर्नुपर्ने बताए ।
उनले कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा कुरा गर्न पनि सरोकारवालाहरुलाई आग्रह गरे ।
यसैबीच, हिति मास्ने दोषीउपर कारबाहीको माग गर्दै जनहित संरक्षण मञ्चले बिहीबार पुरातत्व विभागमा उजुरी दर्ता गरेको छ ।
मञ्चले न्यारा हिति नस्ट गर्ने र भत्काउनेउपर बिगोबमोजिमको रकम असुल गरी फौजदारी कसुरबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत विभागलाई आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस्