
फाइल तस्विर
काठमाडौं, माघ ६ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुनुभएको थियो । बिहीबार अपरान्ह ४ बजे सत्तारुढ गठबन्धनमा रहेका दलहरु सम्मेलित राजनीति संयन्त्रको बैठक बोलाइए पनि स्थगित भएको थियो । बैठक स्थगित भएपछि देउवा, दाहाल र नेपालबीच भेटवार्ता भएको हो ।
दाहालले हालै वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रस्ताव अघि सारेका छन् ।
प्रतिक्रिया दिनुहोस्