Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


संसदीय सुनुवाइ समितिले नियुक्तिबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने


117
Shares

काठमाडौं, माघ ५ । संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिको सिंहदरवारमा बसेको बैठकले त्यसका लागि समिति सभापति लक्ष्मण लाल कर्णलाई प्रधानमन्त्री देउवासँग समय मिलाएर अर्काे बैठक बोलाउने जिम्मेवारी दिइएको संसदीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

समितिका सदस्यहरुले संविधानमा संवैधानिक निकाय, राजदुत नियुक्ति समावेशी र समानुपातिक हुने व्यवस्था गरिएपनि सरकारले सोही अनुसार गर्न नसकेको बताएका थिए ।