२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सेवा प्रवेश गर्दा वैकल्पिक सूचीमा परेका महानिरीक्षक ज्ञवालीलाई अनेक चुनौति


0
Shares

काठमाडौं । प्रहरी संगठन माथिको गिर्दो जनविश्वास, संघीय संरचना अनुसार प्रहरी जनशक्ति व्यवस्थापन गर्नुपर्ने दवाव, थरिथरिका अपराधमा मुछिईरहेको प्रहरीको साख सुधार्नु पर्र्ने अहं चुनौतीका बीच ठाकुरप्रसाद ज्ञवालीले झण्डै ८० हजार प्रहरीको कमाण्ड सम्हालेका छन् ।

सुरुमा सेवा प्रवेशका बेला प्रहरी निरीक्षकको बैकल्पीक सूचीमा पर्दा निराशा र खिन्नताका बीच गुज्रेको त्यही पाँच महिना अहिले ज्ञवालीका निम्ती उत्साह र अवसरका रुपमा उभिएको छ । जुन चुनौती संवोधन गर्न सके ज्ञवाली मात्र नभई सिंगो प्रहरी संगठन कै लागि यसले नयां अध्याय थप्न सक्छ ।

विभिन्न आक्षेप खेपीरहेको प्रहरी २०४७  साल असार २५ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका नवनियक्त प्रहरी महानिरीक्षक ज्ञवालीको जन्म विक्रम सम्वत २०२२ साल असोज २८ गते प्युठानमा भएको हो ।

पिता नारायणप्रसाद ज्ञवाली र माता सुमित्रा ज्ञवालीका जेष्ठ पुत्र ज्ञवालीले सुरुका केही वर्ष नेपालको विभिन्न जिल्लामा रहेको जिल्ला प्रहरी कार्यालयमा रही आफनो जिम्मेवारी निर्वाह गरे ।

प्रहरी निरीक्षकका रुपमा कार्यरत रहँदा उहाँले जिल्ला प्रहरी कार्यालय दाङ, लमही, बाग्लुङ, र स्याङजाको नेतृत्व गरे ।

२०५८ सालमा प्रहरी नायव उपरिक्षकमा बढुवा भएका ज्ञवालीले रुकुम, बुटवल र लागू औषध ब्यूरोमा अफनो जिम्मेवारी निर्वाह गरे ।

प्रहरी निरीक्षकबाट ८ वर्ष पछि २०६६ सालमा प्रहरी उपरीक्षकमा बुढवा भएका ज्ञवालीले दाङ, बारा, झापा, र कञ्चनपुरमा रही कार्यभार ग्रहण गरे ।

प्रहरी नायव उपरीक्षकमा २०७३ सालमा बढुवा भएपछि सचिवालय हुँदै केन्द्रीय अनुसन्धान ब्युरोको समेत जिम्मेवारी निर्वाह गरेका ज्ञवाली २०७६ साल माघ २८ गते प्रहरी महानिरीक्षसम्मको पद सम्हाल्न पुगे ।

प्रहरी अधिकृत विशेष तालिमका साथै प्रशिक्षक प्रशिक्षण, अपराध अनुसन्धान, भीभीआइपी सुरक्षा, विस्फोटक पदार्थ तथा लागू औषध डिटेक्टर, कार्य सम्पादन तथा मानव संसोधन व्यवस्थापन, कमाण्ड तालिम लगायत जनेरल कोर्स अफ इन्स्ट्रक्सन, क्रिमिनल जस्टिस एजुकेशन लगायत कन्टेम्पोररी इस्यु इन ड्रग ल इन्फरमेशन र हिस्ट्रि अफ युनाइडेट नेसन्स पिसकिपिङसम्मको अनुभव छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी विभिन्न पुरस्कार प्राप्त गर्नुभएका ज्ञवाली पछिल्लो २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै प्रदेश प्रहरी प्रमुखको रुपमा विराटनगरमा कार्यरत थिए ।

उमेरहदका कारण पाँच महिना मात्र नेपाल प्रहरीको कमाण्ड सम्हाल्न पाउनुहुने नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई हाम्रो पनि बधाइ तथा शुभकामना ।