
फाइल तस्वीर
काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि फेरि काठमाडौंमै फर्काइएको छ ।
अहिले प्राविधिकले जहाज जाँच गरिरहेका छन् । यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदैछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्