२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


प्रधानमन्त्री कप टी ट्वान्टी क्रिकेटः पुलिस र प्रदेश एकबीचको खेल स्थगित


130
Shares

काठमाडौं । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको छ ।

प्रदेश १ का खेलाडीमा कोरोना भएको आशंकापछि शनिबार टियु क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेल स्थगित गरिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कोरोना परिक्षणपछि मात्र उक्त खेलबारे निर्णय गरिने बताइएको छ ।

पुलिस ३ खेलमा अपराजित रहँदै समूह एको विजेता रुपमा समेमिफाइनलमा पुगि सकेको छ । यता प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ ।

यस्तै, आज हुने दोस्रो खेलमा बागमती प्रदेश र गण्डकी प्रदेश खेल्ने छन् । खेल कीर्तिपुरमै दिउँसो १ बजे हुनेछ ।

गण्डकीलाई हराएर बागमती सेमिफाइनल पुग्ने योजनामा रहेको छ । गण्डकी २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ । बागमती विजयी भएको खण्डमा शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्नेछ । समूह बी बाट एपिएफ अपराजित रहँदै सेमिफाइनलमा पुगि सकेको छ ।

यसअघि हिजो भएको खेलमा आर्मी, पुलिस, एपीएफ र बागमती प्रदेश विजयी भएका थिए । त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेश, पुलिस क्लबले कर्णाली प्रदेश, एपीएफले लुम्बिनी र वाग्मतीले प्रदेश–२ लाई हराएको थियो ।