
काठमाडौं । तनहुँको बन्दिपुर–६ सारङघाटबाट धरमपानी बाक्से आउँदै गरेको जीप शुक्रबार राति दुर्घटना हुँदा नौ महिने बालिकासहित ६ जनाको मृत्यु भएको छ ।
ग १ ज ६५५५ नम्बरको बोलेरो जीप अनियंत्रित भई सडकबाट करिब दुई सय मिटर तल खस्दा एउटै गाउँका बालिकासहित चार जनाको घट्नास्थलमै मृत्यु भएको बन्दिपुर प्रहरी चौकीले जनाएको छ ।
बन्दिपुर–६ बाक्से हटियामा भएको दुर्घटनामा बन्दिपुर–६ धरमपानी बस्ने ९ महिने बालिका आरुबी थापासहित सोही ठाउका २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षका हरिबहादुर न्यौपाने, ४८ वर्षीया शुसिलादेवी न्यौपानेको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा घाइते भएका ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया बी माया गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीपमा १७ जना सवार रहेको बताइएको छ । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ८ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको र एक जनाको अवस्था गम्भीर रहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्