Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


प्रदेशसभामा कांग्रेसको अवरोध


0
Shares

विराटनगर, माघ २६ । प्रदेश नम्बर–१ को सभा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको छ ।

आइतबारको बैठकको सुरुमै कांग्रेस सांसदहरुले विजय गच्छदारलाई भ्रष्टाचारको मुद्दा लगाइएको भन्दै विरोध गरेका थिए ।

कांग्रेस संसदीय दलका सचेतक सूर्यमाराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै प्रकृतिको मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैलाई कारवाही हुनेगरी गरेको काम गलत भएको भन्दै कारवाही प्रक्रिया नसच्याए लगातार सदन अवरोध गर्ने चेतावनी दिए ।

त्यसपछि सोमबार (भोलि) दिउँसो २ बजे बस्ने गरी बैठक स्थगित गरिएको थियो ।