Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


मिडिया अवार्ड विवादबारे पत्रकार महासंघले भन्यो, ‘अब तीन लाख रुपैयाँ महासंघले लिन्नौं’


169
Shares

काठमाडौं । ड्रिम हाइ नेपालले वितरण गर्न लागेको मिडिया अवार्डबारे पत्रकार महासंघलाई जोडेर विवाद बढेपछि महासंघले तीन लाख रुपैयाँ नलिने जनाएको छ ।

अवार्ड समारोह सुरुहुनु केहीबेरअघि विज्ञप्ति जारी गर्दै महासंघले आयोजक संस्थाले महासंघलाई दिने भएको तीन लाख रुपैयाँ कोभिड प्रभावितहरुका लागि स्थापना भएको राहत कोषमा जम्मा गर्ने सहमति भएको उल्लेख गर्दै महासंघले अब सो रकम नलिने पनि जनाएको हो ।

पत्रकारहरूको भूमिकालाई आधार बनाएर सम्मान गर्ने सन्दर्भमा ड्रिम हाइले राखेको प्रस्तावलाई महासंघले स्वीकार गरेको भए पनि कुनै आर्थिक लाभ नलिएको महासंघको दाबी छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अब प्राप्त प्रतिक्रियालाई ध्यानमा राखेर सहमति कायम नहरने गरी उक्त रकम महासंघले नलिने र कार्यक्रम सम्पन्न गर्ने क्रममा भएका गतिविधिहरुको बारेमा केन्द्रीय कार्य समिति बैठकमा छलफल गरी आवश्यक निर्णय हुनेछ ।’